काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

५ मंसिर २०८२
एसेज २०२५ मा पाँच विकेट लिएपछि मिचेल स्टार्क टिममेटसँग। तस्बिर : गेट्टी इमेजेज
अ+
अ-

काठमाडौँ। अस्ट्रेलियाका अनुभवी तीव्र गतिका बलर मिचेल स्टार्कले एसेज इतिहासमा नयाँ कोशेढुंगा पार गरेका छन्। पर्थमा जारी एसेज टेस्टको पहिलो दिन उनले आफ्नो घारिलो बलिङसँगै १०० विकेट पूरा गरेका हुन्।

उनी एसेजमा यो उपलब्धि हासिल गर्ने पहिलो बायाँ हाते तीव्र गतिका बलर बनेका छन्।

पर्थको अप्टस स्टेडियममा इङ्ग्ल्यान्डविरुद्धको आफ्नो ओपनिङ स्पेलमा स्टार्कले ज्याक क्राउली, बेन डकेट र जो रुटको महत्त्वपूर्ण विकेट लिए। पहिलो इनिङ्समा उनले कुल ७ विकेट लिए। उनको बलिङले अस्ट्रेलियालाई खेलमा बलियो सुरुआत दियो र इङ्ग्ल्यान्डको ब्याटिङलाई दबाबमा पार्‍यो।

३६ वर्षीय स्टार्कले १२.५ ओभरमा चार मेडनसहित ५८ रन खर्चिए। योसँगै उनी एक सय एसेज विकेट लिने २१औँ बलर बनेका छन्। तर, उनको विशेषता भनेको स्ट्राइक रेट हो।

४५.०३ को स्ट्राइक रेटले उनलाई यस सूचीमा सबैभन्दा प्रभावकारी बलर साबित गरेको छ। २०१३ मा एसेज डेब्यु गरेदेखि स्टार्कले २३ टेस्टमा २६.७७ को औसतमा विकेट लिएका छन्।

एसेजमा सर्वाधिक विकेट लिने खेलाडीहरूको सूचीमा शेन वार्न शीर्षस्थानमा छन्। उनले १९५ विकेट लिएका छन्।