ढाका। बंगलादेशको राजधानी ढाका र अन्य धेरै क्षेत्रमा शुक्रबार बिहान साढे १० बजेतिर गएको भूकम्पमा दश जनाको मृत्यु भएको छ। ५.७ म्याग्नेच्युडको भूकम्पमा परेर ४५० भन्दा बढी घाइते भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।
भूकम्पको केन्द्रविन्दु ढाकाबाट करिब ३० किलोमिटर टाढा नरसिंदी जिल्लामा थियो। बीबीसी बंगलाका अनुसार ढाकामा चारजना, नरसिंदीमा पाँचजना र नारायणगन्जमा एकजनाको मृत्यु भएको छ।
बंगलादेशको विपद् व्यवस्थापन विभागका निताई चन्द्र दे सरकारले बीबीसी बंगलालाई बताएअनुसार ४५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
भूकम्पका कारण नरसिंदीमा १०० भन्दा बढी भवनहरूमा चर्किएको छ भने ढाकामा १४ वटा भवनमा क्षति पुगेको छ।