काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२ पुष २०८२
अर्जुन कार्की। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित जग्गा भाडामा दिँदा भएको अनियमितता भएको भन्दै पूर्वसचिव अर्जुनकुमार कार्कीसमेत तीनजना र एक कम्पनीलाई संयुक्त रुपमा ठगी मुद्दा दर्ता भएको छ।

सरकारी वकिल कार्यालय काठमाडौंले आज (बुधबार) काठमाडौं जिल्ला अदालतमा ३८ करोड ८४ लाख ५३ हजार रुपैयाँ कम्पनीबाट ट्रस्टलाई भराइपाउन मागदाबी गर्दै मुद्दा दर्ता गरेको छ।

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन, सहसचिव लेखबहादुर कार्की, ल्याक्या सोनाम शेर्पा, थामसेर्कु कम्पनीविरुद्ध ठगी मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए।

ठगी मुद्दामा बिगो भराई र बिगो कायम नभएमा पाँच हजार रुपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था छ।