काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

८ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। पोर्चुगल र रोमानिया पठाइदिने भन्दै १० लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ परेकालाई प्रहरीले आज (मंगलबार) सार्वजनिक गरेको हो।

ठगीको अभियोगमा भीमाद गाउँपालिका ५‚ तनहुँका रोबिन जीआर तथा सिद्धिचरण नगरपालिका ६‚ ओखलढुंगाकी ४८ वर्षीया गीतामाया मगरलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए।

अभियुक्त रोबिनले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट दुई लाख १० हजार रुपैयाँ र गीताले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट आठ लाख ४० हजार रुपैयाँ लिएका थिए। आचार्यका अनुसार उनीहरू दुवैलाई वैदेशिक रोजगार विभाग पठाइएको छ।