काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

१० पुष २०८२
रेनु दाहाल। फाइल तस्बिर
अ+
अ-

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई नेपाली कम्युनिस्ट पार्टीले चितवन क्षेत्र ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।

उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइनेछ। दाहालले महानगरमा एक वर्ष कार्यकाल बाँकी छँदै राजीनामा दिएर चुनावमा जुट्ने तयारी गरेकी छन्।

चितवन निर्वाचन क्षेत्र ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वटा वडा पर्छन्।