काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

१७ पुष २०८२
तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई पनि मौलिक सम्पदा हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

नेपाल मगर संघको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा उनले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राखिन्। संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघेसंक्रान्तिमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन निम्ता पनि दिएको छ।

सांस्कृतिक पहिचान झल्किने गरी परम्परागत पोसाकमा आएको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले भनिन्, “अब राजनीति होस् या सांस्कृतिक फाँटमा किन नहोस्, युवालाई नै अघि सार्नुपर्छ। विविध मौलिक परम्परा र संस्कृति हाम्रा अमूल्य निधि हुन्। तिनको जगेर्ना गर्दै नयाँ पिँढीलाई हस्तान्तरण गर्दै जानुपर्छ।”

टोलीमा संघका पदाधिकारी, कलाकार तथा जेन-जी अभियन्ता पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।