१९ पुष २०८२
अ+
अ-

काराकास। भेनेजुएलामाथि अमेरिकी आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई कब्जा गरेको अमेरिकी दाबीपछि भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडोले प्रतिक्रिया दिएकी छिन्।

२०२५ को नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले भनेकी छिन्‚ “उनको देशको स्वतन्त्रताको समय आएको छ र विपक्षी सत्ता लिन तयार छ।” उनले यस्तो प्रतिक्रिया एक्समार्फत दिएकी हुन्।

एक्समा विज्ञप्ति जारी गर्दै माचाडोले लेखेकी छन्‚ “भेनेजुएलाका जनताका लागि स्वतन्त्रताको समय आएको छ।”

उनले बन्दी रिहा र व्यवस्था परिवर्तनको समय आएको पनि प्रतिक्रिया दिएकी छन्। विज्ञप्तिमा उनले भनिन्‚ “अब व्यवस्था पुनर्स्थापित गर्ने र राजनीतिक बन्दीहरूलाई रिहा गर्ने समय आएको छ।”

यसअघि फक्स न्युज टीभी च्यानलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेनेजुएलामा सत्ता लिन विपक्षी नेता मारिया कोरिना माचाडोलाई समर्थन गर्ने कि नगर्ने भनेर सोधेको थियो।

ट्रम्पले जवाफ दिएका थिए‚ “हामीले अब त्यसलाई विचार गर्नुपर्छ।”

“तपाईंलाई थाहा छ, उनीहरू (भेनेजुएला) मा एक उपराष्ट्रपति छन्। मलाई थाहा छैन त्यो कस्तो प्रकारको चुनाव थियो, तर, तपाईंलाई थाहा छ, मादुरोको चुनाव लज्जास्पद थियो‚” ट्रम्पले भनेका छन्। -बीबीसी

यो पनि…

भेनेजुएलाको सत्ता अब विपक्षी नेता मारिया कोरिनाले सम्हाल्लिन्?