काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२५ पुष २०८२
अ+
अ-

काठमाडौँ। रियल म्याड्रिड एट्लेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले हराउँदै स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ।

बिहीबार साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा रियललाई जित दिलाउन फेडेरिको भाल्भर्डे र रोड्रिगोले एक–एक गोल गरे। एट्लेटिकोका लागि अलेक्सजेन्डर सोर्लेथले एक गोल फर्काए।

खेलको दोस्रो मिनेटमै भाल्भर्डेको गोलमार्फत रियलले अग्रता लिएको थियो। ५५औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।

५८औं मिनेटमा एट्लेटिकोका लागि अलेक्जान्डर सोर्लोथले हेडरमार्फत एक गोल फर्काएका थिए।

यसअघि गए बुधवार बार्सिलोनाले अर्को सेमिफाइनलमा एथ्लेटिक क्लबलाई ५–० गोलले हराउँदै फाइनल पुगेको थियो।