काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२७ पुष २०८२
फाइल फोटो
अ+
अ-

झापा। राष्ट्रिय एकीकरण दिवस एवं ३०४औँ पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले शनिबार भद्रपुर–१० स्थित ऐतिहासिक चन्द्रगढमा बृहत् सरसफाइ कार्यक्रम गरेको छ।

नेपाली सेनाको चारआलीमा रहेको अरिदमन गणले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली सेनाका साथै सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय सेवा दल, पत्रकार र सर्वसाधारणको सहभागिता रहेको थियो । राणाकालका प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा सैनिक किल्ला भएको कारण सो स्थानको नामकरण चन्द्रगढ रहन गएको चन्द्रगढी गाउँ विकास समितिका तत्कालीन अध्यक्ष दुर्गाप्रसाद भट्टराई बताउँछन् ।

भद्रपुर नगरपालिकाको पहलमा उक्त स्थानलाई ऐतिहासिक पर्यटकीयस्थलका रूपमा विकसित गर्न विभिन्न प्रयास भइरहेका छन् । पुरानो गढी (सैनिक किल्ला) को निशानीस्वरुप चन्द्रगढमा माटोका थुम्काथुम्की उक्त स्थानमा पाइएका छन् ।

कतिपय अन्वेषकहरू उक्त स्थानलाई पौराणिक महाभारतकालीन कथासँग पनि जोड्ने गर्छन् । पर्याप्त खोज र उत्खनन नभएका कारण चन्द्रगढको पुरातात्विक महत्व अझै पनि रहस्यमै छ । अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापाले सरसफाइ कार्यक्रममा १८५ जनाको उपस्थिति रहेको जनाउँदै ऐतिहासिक गढी रहेको स्थान भएकाले चन्द्रगढको संरक्षण र उचित हेरचाह आवश्यक रहेको बताए ।

दोस्रो विश्वयुद्धको समयमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेर चन्द्रगढमा पूर्वी सीमाको सुरक्षाका लागि सेनाको टुकडी चन्द्रगढमा राखेको शासनकालमा सेनाको एक टुकडी तैनाथ गर्न गढी निर्माण भएको भन्ने स्थानीयको भनाइ छ ।

त्यसैगरी, १८औँ शताब्दीमा किरात धर्मावलम्बीहरूले निर्माण गरेको यस ऐतिहासिक चन्द्रगढबाट चन्द्रगढी सहरको नाम रहन गएको बुझिएको छ । यस बृहत् सरसफाइ कार्यक्रमले झापा जिल्लाको एकमात्र यस ऐतिहासिक चन्द्रगढीका तत्कालीन अध्यक्ष भट्टराई बताउँछन् ।