काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२७ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्त्वपूर्ण भएको बताएका छन्।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज (आइतबार) भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनको उद्घाटन सत्रमा उनले भने‚ “चुनाव आउँछ जान्छ‚ जितिन्छ हारिन्छ‚ अहिले पद्दति र संविधान जोगाउनुपर्नेछ। त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्नेछ।”

यो पनि…

गगन थापा भन्छन्- राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा ‘नेपोबेबी’ हाबी हुँदा जनता आक्रोशित भए

महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दै पार्टीमा सबै बराबर रहेको बताए। “कसैले नबोल भनेर नबोल्ने होइन‚ जसले प्रश्न नसोध भन्छ‚ उसले जवाफ पनि दिन सक्दैन‚” उनले भने। कांग्रेसप्रति जनताको भरोसा रहेको उल्लेख गर्दै महामन्त्री थापाले चुनावभन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनुपर्नेमा जोड दिए।

यो पनि…

वैधानिकरूपमै नेतृत्व परिवर्तनको बाटोमा कांग्रेस