काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२७ पुष २०८२
अ+
अ-

विराटनगर। मोरङको विराटनगर महानगरपालिका-१७ स्थितबाट १०४ ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय पक्राउ परेका छन्।

शनिबार इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा आईसिपी रोडबाट तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत अररियाका २० वर्षीय सेठु कुमार, १९ वर्षीय राजकुमार साह र २० वर्षिय रोशन कुमार रहेका छन्। प्रहरीका अनुसार उनीहरू बीआर३८एपी९०४९ नम्बरको मोटरसाइकलमा सवार थिए।

उनीहरूको साथबाट १०४ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले बताए।

पक्राउ परेको सबै जनालाई इलाका प्रहरी कार्यालय रानीले हिरासतमा राखेर अनुसन्धान थालेको छ।