काठमाडौँ। नेकपा एमालेले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग छलफल गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (आइतबार) लुम्बिनी‚ कर्णाली र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग निर्वाचनको तयारीबारे छलफल गरिएको हो।
एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले आजदेखि प्रदेशगत रूपमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग निर्वाचनको रणनीतिबारे छलफल गरिएको बताए। “पार्टीले सातैवटा प्रदेशका संयोजक‚ प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यसहितको बैठक सुरु गरिएको छ‚” उनले भने‚ “सोमबार मधेस‚ बागमती‚ कोसी र सुदूरपश्चिम प्रदेशको बैठक डाकिएको छ।”