काठमाडौँ। भारतका विराट कोहलीले न्युजिल्यान्डविरुद्ध वानडे सिरिजअन्तर्गत पहिलो खेलमा ४२ रन बनाएका छन्। योसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने भारतकै सचिन तेन्दुलकरलाई कोहलीले पछ्याएका छन्।
न्युजिल्यान्डसँगको खेलमा ४२ रन जोडेसँगै कोहलीले श्रीलंकाका कुमार सांगाकारालाई पछि पारे।
सर्वाधिक रन बनाउने सूचीमा सचिनले ३४,३५७ रन बनाएका छन्। जबकि विराटले २८,०१७ रन र सांगकाराले २८,०१६ रन बनाएका छन्।
विराटले सचिनको रेकर्ड तोड्न अझै ६ हजारभन्दा बढी रन बनाउनुपर्नेछ। यो क्रिकेटको तीनै फर्म्याट टेस्ट‚ वानडे र टी-ट्वेन्टीमा बनाएको स्कोर हो।