काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

मन्त्रिपरिषद् निर्णय

२८ पुष २०८२
अ+
अ-

काठमाडौँ। गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी नियुक्त भएका छन्।

मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले भण्डारीलाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

यसैगरी सरकारले वित्तीय क्षेत्र रणनीति (२०८२/८३-२०८६/८७) र मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गरेको छ।

प्रवक्ता खरेलका अनुसार बैठकले सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया (बौद्ध पगौडा) को अभिलेखालय र गङ्गाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै सरकारले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर दुई लाख ८३ हजार ५०३ प्रदान गर्न स्वीकृति दिएको छ ।

साथै मन्त्रिपरिषद्‌को सोमबारको बैठकले राष्ट्रियसभाको अधिवशेन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको प्रवक्ता खरेलले जानकारी दिए।