काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

इरानमा ट्रम्पको सैन्य हस्तक्षेपको धम्कीप्रति चीनको विरोध

२८ पुष २०८२
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङ । फाइल तस्बिर
अ+
अ-

बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको इरानमा सैन्य हस्तक्षेपको धम्कीप्रति चीनले विरोध जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, “चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीको विरोध गर्दछ।”

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आफूहरू अन्तर्राष्ट्रिय कानुन पालनामा प्रतिबद्ध रहेको बताइन्। उनले भनिन्‚ “हामीले सधैँ हाम्रो देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गरेका छौं। हामी विश्वास गर्छौं कि सबै देशको सार्वभौमसत्ता र सुरक्षा अन्तर्राष्ट्रिय कानुनअनुसार पूर्ण रूपमा कायम राख्नुपर्छ।”

इरानमा भइरहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपति ट्रम्पले बारम्बार इरानी सरकारलाई सैन्य हस्तक्षेपको धम्की दिएका छन्। हालैका बयानहरूमा ट्रम्पले भनेका छन् कि- “इरानी सरकारले सबै सीमा पार गरेको छ र अमेरिकाले विभिन्न विकल्पहरू विचार गरिरहेको छ।”