काठमाडौँ। नेपाल प्रहरीका १६ डीएसपीको एसपीमा बढुवा सिफारिस भएको छ। बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको हो।
सिफारिसको पहिलो नम्बरमा पुष्पराज मल्ल‚ दोस्रोमा धर्मराज भण्डारी र तेस्रो नम्बरमा रविन श्रेष्ठ छन्।
यसैगरी दिलीपकुमार गिरी‚ कुमारविक्रम थापा‚ बुद्ध श्रेष्ठ‚ मानबहादुर राई‚ मोहनबहादुर खाण‚ श्यामु अर्याल‚ भरत लामा‚ सागर बोहोरा‚ रामकुमार दानी‚ छेदीलाल कामती‚ हरिबहादुर ओली‚ प्रदीपकुमार सिंह र दीपक भारती छन्।

