काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

२९ पुष २०८२
अ+
अ-

काठमाडौँ। त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेको गाडी गणपति डिलक्स भएको पुष्टि भएको छ। तनहुँको आबुखैरेनी गाउँपालिका ५‚ दोद्राङ बेँसीनजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा बसका पार्ट्सपुर्जा फेला परेपछि प्रहरीले खनेर निकालेको छ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स २८ असार २०८१ को बिहान पहिरोले पुरिएर चितवनको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएको थियो।

सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नं २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले गणपति डिलक्स लेखिएको गाडी फेला पारेको सशस्त्रका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स पनि सोही बिहान पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता भएको थियो। गणपति डिलक्समा यात्रारत ३१ मध्ये तीनजनाले हाम फालेर ज्यान जोगाएका थिए भने १४ जनाको शव फेला परेको थियो। अन्यको अवस्था अहिलेसम्म पनि अज्ञात छ।