काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

२९ पुष २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेताहरू। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति विघटन गरेको छ।

१३४ सदस्यीय केन्द्रीय समितिको निर्वाचन प्रक्रिया सुरु भएसँगै पुरानो कार्यसमिति भंग भएको निर्वाचन कार्यालयले जनाएको छ।
“निर्वाचन प्रक्रिया प्रारम्भ भएको छ, बन्दसत्रको हलले १४औँ महाधिवेशनका सबै समिति भंग गरिसकेको छ,” केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीले भने। मंगलबार विशेष महाधिवेशनको बन्द सत्रले निर्वाचन कार्यतालिका अघि बढाइसकेको छ। जसअनुसार मनोनयको फाराम वितरण भइरहेको छ।

देउवा नेतृत्वमा २४ देखि २८ मंसिर २०७८ मा केन्द्रीय कार्यसमिति गठन भएको थियो। चौधौँ महाधिवेशनले देउवा नेतृत्वमा गठन गरेको मौजुदा कार्यसमितिको पदावधि समाप्त भइसकेकाले विघटन भएको केसीले बताए।

यो पनि…

कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने

केसीका अनुसार अब कांग्रेसको पन्ध्रौँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गरिनेछ। शर्माले कांग्रेस विधान २०१७ बमोजिम विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समितिसमेत विघटन भएका छन्।

केसीका अनुसार विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न विधानको धारा ३५ बमोजिम एकजना संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको जानकारी गराएका छन्।