काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

केन्द्रीय सदस्यले परिचयपत्रका लागि एक हजार रुपैयाँ तिर्नुपर्ने

२९ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल, सह-संयोजक माधवकुमार नेपाल तथा केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उनीहरूले शपथ ग्रहण गरेका हुन्।

नेकपाको गत २२ पुसमा बसेको परामर्श समिति बैठकले २९ पुसका लागि शपथग्रहणको समय तोकेको थियो। आज (मंगलबार) नेकपाका २४ सय ९९ केन्द्रीय सदस्यले शपथग्रहण गरेका हुन्। शपथ लिएका केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यालयमा एक हजार रुपैयाँ तिरेर परिचयपत्र पाउने व्यवस्था मिलाइएको छ।

नेकपामा १८ सदस्यीय केन्द्रीय संयोजन समिति छ। पार्टीका महत्त्वपूर्ण निर्णय यहीँबाट हुनेछ। त्यस्तै ६०१ जनाको केन्द्रीय कार्यसमिति छ। २०० जनाको राजनीतिक समिति र ७५ जनाको सचिवालय समिति छ।

हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :