काठमाडौँ। युभेन्ट्सले इटालीको सिरी ‘ए’ मा सोमबार क्रेमोन्सेमाथि शानदार ५–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लेको छ।
युभेन्टसको जितमा ग्लेसन ब्रेमर, जोनाथन डेभिड, केनान यिल्दिज, फिलिपो टेरासियानो र वेस्टन म्याकेनीले समान एक गोल गरे। युभेन्टसले पहिलो हाफमा तीन गरेको थियो। दोस्रो हाफमा दुई गोल थप्यो।
यो नतिजापछि युभेन्ट्सको २० खेलबाट ३९ अंक भएको छ। पराजित क्रेमोनेसे २२ अंकका साथ १३औँ स्थानमा छ।