काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

कांग्रेसको विशेष महाधिवेशन

विशेष महाधिवेशन आयोजक पक्षले प्रतिनिधिको नाम दर्ता गराए पनि भएन यकिन संख्या

२९ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका दुई महामन्त्रीले आह्वान गरेको विशेष महाधिवेशनले १४औँ नियमित महाधिवेशनकै मतदाता नामावली प्रकाशन गरेको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले पुरानै मतदाता नामावली प्रकाशन गरिएको बताए। उनका अनुसार १४औँ महाधिवेशनमा ४७४३ मतदाता थिए। ती मतदातामध्ये ४६३८ को सूची प्रकाशन गरिएको हो। “मृत्यु भएका वा पार्टी छोडेर गएकाहरूको नामावली हटाएर बाँकी रहेको नामावली प्रकाशन गरेका हौँ,” केसीले भने।

यो पनि…

कांग्रेस विशेष महाधिवेशन : देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन

विशेष महाधिवेशन आयोजक पक्षले प्रतिनिधिको नाम दर्ता गराए पनि संख्या यकिन गर्न सकेको छैन। संख्या यकिन हुन नसकेपछि पुरानै नामावलीबाट निर्वाचन प्रक्रिया प्रारम्भ गरिएको केसीले बताए।

निर्वाचन समितिका संयोजक केसीका अनुसार १३४ सदस्यीय केन्द्रीय समिति हुनेछ। जसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सह-महामन्त्री आठजना हुनेछन्। केन्द्रीय सदस्य १२१ जना हुनेछन्। जसमा खुला ३५ जना हुने केसीले बताए।

हेर्नुहोस् थप तस्बिर :