काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

कांग्रेस राजनीति

२९ पुष २०८२
बन्दसत्र सुरु हुनुअघि नेपाली कांग्रेसको महाधिवेशनस्थल। तस्बिर : रासस
अ+
अ-

काठमाडौँ। निर्वाचन समितिले विशेष महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।

कार्यतालिकाअनुसार प्रथम नामावली प्रकाशन १२:३०, मतदाता नामावलीउपरको दाबीविरोध र छानबिन १:३० लाई तोकिएको छ।

तर‚ यी दुवै कार्यतालिकाअनुसार अहिले धमाधम काम भइरहेको निर्वाचन समितिले जनाएको छ। उता, संस्थापन पक्षसँग वार्ता पनि सँगसँगै भइरहेको छ।

अहिलेसम्म मतदाता नामावली प्रकाशन नै भएको छैन। निर्वाचन समितिले मनोनयन पत्र दर्ता २ देखि ३ बजेसम्म गर्ने तालिका प्रकाशन गरेको छ।

उम्मेदवारको प्रथम नामावली प्रकाशन साढे ४ बजे, उम्मेदवारीमाथि दाबीविरोध साढे ४ देखि ५ बजेसम्म, दाबीविरोधको छानबिन ५ देखि साढे ५, उम्मेद्‌वारको अन्तिम नामावली प्रकाशन ८:४५ बजे रहेको छ। मतदान राति ९ देखि १ बजेसम्म रहने निर्वाचन समिति संयोजक सीताराम केसीले बताए।