काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

३० पुष २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेर्शनअन्तर्गत बन्दसत्रमा नेताहरू। तस्बिर : रासस
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि संशोधन गरिएको छ। बुधबार राति सवा १० बजे केन्द्रीय निर्वाचन समितिले कार्यतालिका पुन: संशोधन गरेको हो।

निर्वाचन समिति संयोजक सीताराम केसीले निर्वाचन कार्यतालिका संशोधन गरिएको जानकारी दिएका छन्। संशोधित तालिकाअनुसार बुधबार राति ११:३५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

मतदानको समय बिहीबार (माघ १ गते) बिहानै (राति) २ देखि ५ बजेसम्म निर्धारण गरिएको छ। साथै मतगणना मतदान सम्पन्न भएपछि गरिने बताइएको छ। सर्वसम्मत नेतृत्व चयन गरिने भनिए पनि आकांक्षीहरूलाई मिलाउन नसक्दा निर्वाचन कार्यतालिका संशोधन गरिएको बुझिएको छ।