काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

१ माघ २०८२
निर्वाचन आयोगमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति र उपसभापतिसहितको टोली। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्वाचन आयोग पुगेका छन्।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो। यसपछि बैठकमै कागजात मिलाउने काम भएको थियो। नवनिर्वाचित पदाधिकारीसहित थापाको टोली राजनीति दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न आयोग पुगेका हुन्।