काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

२ माघ २०८२
अ+
अ-

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार नेपालले अमेरिकासँग अभ्यास खेल खेल्दैछ । यो अन्तिम अभ्यास खेल हो ।

नेपाल र अमेरिकाबीचको यो खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

महिला टी–२० विश्वकप क्वालिफायर आइतबारदेखि काठमाडौंमा हुन् लागेको हो । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा भएको छ।

टोलीको उपकप्तानमा पूजा महतो तथा अन्य खेलाडीमा रुविना क्षेत्री, सिता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना कुमारी चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरि र मनीषा उपाध्याय छन्।

कस्तो छ खेल तालिका ?
समूह ‘बी’मा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाबे छन् भने समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवान्युगिनी र अमेरिका छन्।

नेपालले पहिलो खेलमा जनवरी १८ (आइतबार) थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल मुलपानी मैदानमा हुँदैछ। नेपाली महिला टिम पहिलो पटक एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको हो।

१० देश सहभागी सुपर सिक्सको छनोट हुनेछ। सुपर सिक्सबाट शीर्ष चारमा पर्न सफल देश २०२६ को विश्वकपमा छनोट हुनेछन्।