काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारसहितको टोलीले चढेको गाडी गोर्खामा अज्ञात समूहले तोडफोड गरेको छ।
घटना भिमसेन गाउँपालिका–३ मा भएको हो। पार्टीको वडा सम्मेलनमा सहभागी हुन पुगेको टोलीले पार्किङमा राखेको गाडीमा क्षति पुगेको परियारले जानकारी दिएका छन्। गाडी धनेश थापाको रहेको बताइएको छ।
प्रहरीले गाडीमा भएको तोडफोडबारे उजुरी दर्ता भएपछि घटनाको अनुसन्धान सुरु गरेको छ।