काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

साताको सट

३ माघ २०८२
अ+
अ-

कला-साहित्य सहरी संस्कृतिको अभिन्न हिस्सा हो। पठन संस्कृतिको प्रवर्द्धनमा अचेल पुस्तकालयबाहेक क्याफे र खुला पार्कमा किताबलाई जोड्ने गतिविधि देखिन्छ।

हनुमानस्थानबाट अनामनगर जाने बाटोको सानो पार्कमा पनि अचेल मानिसहरू किताबका पाना पल्टाइरहेका भेटिन्छन्।

तस्बिरमा यही पार्कको मेचमा बसेर पुस्तक पढिरेहकी युवती देखिन्छिन्। उनले पढ्दै गरेको किताब हो, सरुभक्तको उपन्यास पागल बस्ती। पृष्ठभूमिमा खुला पुस्तकालय लेखिएको र्‍याक छ। यो खुला पुस्तकालय पत्रकार नारायण तिवारीको सक्रियतामा सुरु भएको हो।

काठमाडौँ सहरमा चिया पिउँदै, घाम ताप्दै किताब पढ्ने यस्ता धेरै खुला पुस्तकालयको खाँचो छ।