काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

अदालतको निर्णय स्वीकार्य छ‚ रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न सकिँदैन : खड्का

४ माघ २०८२
पूर्णबहादुर खड्का। तस्बिर : विक्रम राई/नेपालन्युज
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ पार्टी खोल्ने वा स्वतन्त्र उम्मेदवार उठाउनेजस्ता हल्ला निराधार भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आइतबार उनले रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न पनि नसकिने बताएका हुन्।

आज (आइतबार) मात्रै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाविरुद्ध सर्वोच्च अदालत गएका खड्काले अदालतले निर्णय आफूहरूलाई मान्य हुने स्पष्ट पारेका छन्।

यो पनि…

मीन विश्वकर्माको आग्रह- शेरबहादुर-गगन एकैठाउँमा बस्नुस्‚ घेराबन्दीबाट बाहिर आउनुहोस्

“निर्वाचन आयोगको निर्णयका विरुद्धमा पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारको लागि २०८२ माघ ३ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयअनुसार सबैको तर्फबाट न्याय पाउने विश्वासका साथ आज हामी सर्वोच्च अदालत गएका हौँ‚” सामाजिक सञ्जालमा उनले लेखेका छन्‚ “सर्वोच्च अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ। रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिनँ। नयाँ पार्टी खोल्छन्‚ स्वतन्त्र उमेदवारको रुपमा उठ्छन्‚ जस्ता बजारमा आएका गलत हल्लाहरूको पछि नलाग्न पार्टीका सबै साथीहरू‚ शुभेच्छुकहरू र हाम्रा आममतदाताहरूमा हार्दिक अनुरोध र अपिल गर्दछु।”