काठमाडौँ। नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। मेडिकल व्यवसायी प्रसाईंलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट प्रहरीले पक्राउ गरेको हो।
आफ्नो समूहको भेलामा पोखरा गएका प्रसाईंलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बताए। “उहाँलाई पक्राउ गरी काठमाडौँ पठाउने तयारी भइरहेको छ,” कार्की नेपालन्युजसँगले भने।
प्रसाईंविरुद्ध आइतबार निर्वाचन आयोगले साइबर ब्युरोमा उजुरी दिएको थियो। कांग्रेस विशेष महाधिवेशनको आधिकारिकतासम्बन्धी विवाद निरुपण गर्दा ५२ करोड रुपैयाँ चलखेल भएको दाबी गर्दै प्रसाईंले अभिव्यक्ति दिएका थिए।
प्रसाईंले केही समयअघि विभिन्न माग राखेर निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका थिए। तर २ माघमा सरकारसँग उनको सहमति भएको थियो। सहमतिसँगै प्रसाईं समूहले आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि नगर्ने निर्णय गरेको थियो।