काठमाडौँ। नेपाली कांग्रेसले प्युठानबाट गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएको छ।
संसदीय बोर्डको सोमबार बसेको बैठकले पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी टिकट लिएर काठमाडौँबाट प्युठान गइसकेका छन्।
नेता शेखर कोइरालानिकट पोखरेल कांग्रेसको आन्तरिक विवाद मिलाउन पछिल्लो समय निरन्तर संवादमा थिए। २०७४ सालको निर्वाचनमा तत्कालीन वामठबन्धनकी उम्मेदवार दुर्गा पौडेलसँग पोखरेल पराजित भएका थिए।
पोखरेल २०७९ सालमा कांग्रेससहितको गठबन्धनबाट दुर्गा पौडेल उम्मेदवार बनेपछि निर्वाचनमा प्रतिस्पर्धा गर्न पाएका थिएनन्।
आन्तरिक विवाद थाती राखेर कांग्रेस उम्मेदवार छनोटमा जुटेको छ। त्यस्तै सह-महामन्त्री फरमुल्लाह मन्सुरका अनुसार हिमाली जिल्लाहरूका उम्मेदवारको टुंगो लागिसकेको छ।
यो पनि…