काठमाडौँ
००:००:००
५ माघ २०८२, सोमबार

५ माघ २०८२
अ+
अ-

काठमाडौं। अभियान्ता केपी खनालले कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सदस्यको उम्मेदवारको टिकट पाएका छन्। बालेन्द्र शाहनिकट मानिने खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएका हुन्।

सरसफाइ क्षेत्रमा अभियान्ताको छवि बनाएका उनलाई रास्वपाले टिकट दिएको हो। खनाल काठमाडौँमा रहेको चियादानीका सञ्चालकसमेत हुन्।

उम्मेदवार मनोनयन भोलि (मंगलबार) हुँदै छ।