जनकपुर। धनुषाको चारवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि १४२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार धनुषाको निर्वाचन क्षेत्र १ मा ३३ जना‚ २ मा ३२ जना‚ ३ मा ४१ जना र ४ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। धनुषाको निर्वाचन क्षेत्र १ मा नेकपा एमालेबाट मधेस प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डल, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वमन्त्री मातृकाप्रसाद यादव, त्यसैगरी धनुषा २ बाट पूर्वमन्त्री उमाशंकर अरगरिया, पूर्वमन्त्री रामचन्द्र झाले उम्मेदवारी दर्ता गराएका छन्।

जुलीकुमारी महतो।
त्यसैगरी धनुषा ३ मा नेपाली कांग्रेसबाट पूर्वमन्त्री विमलेन्द्र निधि, नेकपा एमालेबाट पूर्वमन्त्री जुलीकुमारी महतो, रास्वपाबाट मनीष झाले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका नेता एवं पूर्वमन्त्री रघुवीर महासेठ र नेपाली कांग्रेसबाट पूर्वमन्त्री महेन्द्र यादवलगायतले उम्मेदवारी दर्ता गराएका छन्।