काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड धरौटी माग गरेको छ। सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग धरौटी माग गरेको हो।
लामिछाने आज मंगलबारै तारेखका लागि अदालत पुगेका थिए। अदालतबाट उम्मेदवारी मनोनयन दर्ता गर्न लामिछाने चितवन गएका छन्।
सानो पाइला सहकारीको रकम अपचलनमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो।