काठमाडौँ
००:००:००
५ माघ २०८२, सोमबार

६ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। डडेल्धुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जितिरहेका देउवा यसपटक २१ फागुनको चुनाव नलड्ने भएका हुन्।

उनका स्वकीय सचिव भानु देउवाले शेरबहादुर प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेको बताए। “उहाँले अब चुनाव नलड्ने घोषणा गर्नुभएको छ,” भानुले भने।

देउवा २०७२ र २०७८ मा लगातार कांग्रेस सभापति निर्वाचित भएका थिए। जेन-जी आन्दोलनपछि निष्क्रिय बनेर उनले कार्यवाहक सभापतिको रूपमा पूर्णबहादुर खड्कालाई पार्टी सुम्पेका थिए।

तर महाधिवेशन विवादका बीच २७ पुसको विशेष महाधिवेशनपछि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भए। अहिले सभापति थापा नेतृत्वकै टोलीले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारी टुंग्याइरहेको छ।