काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

१२ माघ २०८२
अ+
अ-

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश कमिटीले केन्द्रीय सचिव यामलाल कँडेलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

एमाले कर्णाली प्रदेश कमिटीको सोमबार बसेको नवौँ सचिवालय बैठकले कँडेलको संयोजकत्वमा चार सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो। समितिका सदस्यमा कालीकोटका मानव बम, दैलेखका वीरबहादुर रावत र सुर्खेतका हरिहरनाथ योगी छन्।

समितिले १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा एमालेको चुनावी प्रचारलगायत निर्वाचन आयोग, प्रशासन, सुरक्षा निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्नेछ।