काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

२० माघ २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयताको भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बोल्दै सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको बताएका हुन्।

उनले अहिले प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहतको जस्तो देखिएको बताए।

संघीयताको भावना बोकेको प्रदेशहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै नसकेको बताउँदै उनले संविधानले अनुसूचीमा रहेको अधिकारको बाँडफाँटको सूचीमा समेत समस्या रहेको धारणा राखे।

कतिपय ठाउँमा प्रदेश सरकारभन्दा बढी स्थानीय सरकारले राम्रो काम गरेको देखिएको उल्लेख गर्दै सिटौलाले संघीयताको कार्यान्वयन सम्बन्धमा प्रतिनिधि सभा, राष्ट्रिय सभा दुवैले मिलेर एउटा साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए।