काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

२० माघ २०८२
अ+
अ-

काठमाडौं। नेपालले आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकपको वार्मअप खेलमा एकपक्षीय जित निकालेको छ।

मंगलबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको हो।

यूएईले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ३ विकेट गुमाएर १४८ रन बनायो।

नेपालका आरिफ सेखले अविजित रहँदै सर्वाधिक ६१ रन बनाए। ३७ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहर गरे।

दीपेन्द्रसिंह ऐरीले ३१ बलमा ४ चौका र १ छक्कासहित अविजित ५० रन बनाए।

यी दुईले चौथो विकेटका लागि १०३ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए।

कप्तान रोहितकुमार पौडेल १६ रनमा आउट हुँदा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले समान ८ रनको योगदान दिए।