काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

२० माघ २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रम सिर्जना गर्ने सामाजिक सञ्जालमा राखिएका पोस्टहरुबिरुद्ध कारबाहीको मागसहित साइबर ब्युरो र निर्वाचन आयोगमा निवेदन दिएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको फोटो र गाईको तस्बिर प्रयोग गरेर बिभिन्न आइडीबाट भ्रम सिर्जना गर्ने पोस्टहरू हालेको भन्दै राप्रपाले साइबर ब्युरो र निर्वाचन आयोगमा उजुरी दिएको हो।

राप्रपा महामन्त्री राजेन्द्र गुरूङले साइबर ब्युरोमा दिएको निवेदनमा हाम्रो पार्टी नेपाल मधेस, दलित भ्वाइसेस, नन्दु बिसी, लोकेन्द्र विसीको फेसबुकबाट अध्यक्ष राजेन्द्र लिङ्देनविरूद्ध भ्रम सिर्जना गरेको उल्लेख छ।

राप्रपाले भ्रम सिर्जना गर्ने तथा जातीय सद्भावमा प्रतिकूल असर पार्ने गतिविधि गरेको पाइएको भन्दै निवेदनमा आवश्यक कारवाहीको माग गरेको छ।

साथै नेपाली टाइम्सले रूपन्देही -२, झापा र अन्य क्षेत्रमा एमाले र राप्रपाको समझदारी भन्दै प्रचार गरेको र उक्त कुरा भ्रामक रहेको भन्दै राप्रपाले निर्वाचन आयोगलाई आचारसंहिताअनुसार आवश्यक कारबाही माग गर्दै निवेदन दिएको छ।