२० माघ २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तिन हजार सात सय रुपैयाँले बढेर दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ। हिजो पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो।