काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
अ+
अ-

काठमाडौँ। न्याय परिषद्ले ३० न्यायाधीशको सरुवा तथा पदस्थापन गरेको छ।

परिषद्ले १० जना जिल्ला न्यायाधीशको सरुवा तथा २० जना जिल्ला न्यायाधीशको पदस्थापनका लागि बुधबार सिफारिस गरेको हो।

परिषद् बैठकले उपभोक्ता अदालत काठमाडौँको अध्यक्षमा काठमाडौँ जिल्ला अदालतमा कार्यरत न्यायाधीश दिवाकर भट्टलाई नियुक्त गर्न परामर्श दिने निर्णयसमेत गरेको छ।

साथै बिमा ऐन २०७९ को दफा १४७ को उपदफा (१) बमोजिम कसुरसम्बन्धी मुद्दाको सुनुवाइ, कारबाही तथा किनारा गर्न देशभरका ७७ वटा जिल्ला अदालतलाई तोक्ने निर्णय पनि परिषद्ले गरेको छ।