काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले भेट गरेकी छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा आपसी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको थियो।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्।