काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा नौ हजार पाँच सय रुपैयाँले घटेर दुई लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी तोलामा ६२० रुपैयाँले घटेको छ। आज चार हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।