काठमाडौँ
००:००:००
२३ माघ २०८२, शुक्रबार

२३ माघ २०८२
केपी ओली।
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर-५ बाट उम्मेदवार ओली चुनावी प्रचारप्रसारका लागि झापा जान लागेका हुन्। झापा ओलीको गृहजिल्ला पनि हो। उनी निकट स्रोतका अनुसार ओली हवाई मार्गमार्फत मध्यान्ह झापा जाने बताइएको छ।

झापामा रहँदा उनले विभिन्न चुनावी कार्यक्रम तथा भेटघाटमा सहभागी हुने बताइएको छ।