काठमाडौँ। कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ।
२३ र २४ भदौमा भएको जेन जी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ लगायतले आज विशेष पूजा गरी सुपरमार्केट पुन: सञ्चालन गरिएको हो।
आन्दोलनका क्रममा पूर्ण रुपमा क्षति पुगेको सुपरमार्केटको भवनमा करिब पाँच महिनासम्म मर्मत तथा पुनर्निर्माण कार्यपछि भाटभटेनी आजबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।