२४ माघ २०८२
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’  बैठक बोलाएको छ । कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको हो ।

बैठक आइतबार बिहान ८ : ३० बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठकका लागि तीन वठा एजेन्डाहरू तय गरिएको छ ।

यी हुन एजेन्डाहरू

१) नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका- ०८२ ।

२) नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका – ०८२ ।

३) केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।