२४ माघ २०८२
India's Mohammed Siraj, second right, celebrates the wicket of United States' Saiteja Mukkamala during the T20 World Cup cricket match between India and the United States in Mumbai, India, Saturday, Feb. 7, 2026. (AP Photo/Rafiq Maqbool)
अ+
अ-

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले अमेरिकालाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनायो ।

भारतीय टोलीका सुर्यकुमार यादवले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक प्रहार गरे । उनले टोलीको इनिङ्स सम्हाल्दै तीव्र गतिमा रन जोडे । ४९ बलको सामना गरेका यादवले १० चौका र ४ छक्कासहित ८४ रन बनाए ।

इशान पाण्डेले २० रन बनाए भने तिलक बर्माले २५ रनको योगदान दिए । अभिषेक शर्मा शून्य रनमा आउट भए । अक्षर पटेलले १४ रन बनाए । अन्य खेलाडीको ब्याटिङ भने उल्लेखनीय हुन सकेन ।

अमेरिकाका बलर शाडली भ्यान शाल्कविक उत्कृष्ट देखिए । उनले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर चार विकेट लिए । त्यस्तै हर्मित सिंहले दुई विकेट लिए भने अलि खान र मोहम्मद मसिनले एक–एक विकेट लिए ।