काठमाडौँ। तेस्रोपटक आईसीसी विश्वकप खेलिरहेको नेपालले अहिले पहिलो खेल इंग्ल्यान्डसँग खेलिरहेको छ। मुम्बईको वानखेडे स्टेडियममा समूह ‘सी’ अन्तर्गत इंग्ल्यान्ड र नेपाल खेलिरहेका हुन्।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलोपटक आमनेसामने भएका हुन्।
नेपाली टोलीमा कुशल भुर्तेल, आशिष शेख, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, शेर मल्ल, आरिफ सेख, गुलसन झा, लोकेश बम, नन्दन यादव र सन्दीप लामिछाने छन्।
हेर्नुहोस् थप तस्बिर :

