काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

२६ माघ २०८२
नेकपा एमाले अध्यक्ष केपी ओली। तस्बिर : ओलीको सचिवालय
अ+
अ-

झापा। नेकपा एमालेका अध्यक्ष केपी ओलीले आपराधिक तत्त्वले आफूमाथि विभिन्न आरोप लगाउने गरेको बताएका छन्।

झापाको गौरीगन्जमा सोमबार स्थानीय मतदातासँगको छलफलमा उनले २३ र २४ भदौको जेन-जीको आन्दोलनमा आपराधिक तत्त्वहरू घुसेर विध्वंस मच्चाएको बताए। तिनै आपराधिक तत्त्वले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको ओलीले दाबी गरे। तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहोर्‍याउँदै उनले संसद् भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण आपराधिक तत्त्वहरुले नै बनाएको दाबी गरे।

उनले आफूले राजीनामा दिएपछि ५४ जनाको मृत्यु भएको उल्लेख गरे। ओलीले मुलुकको विकासका लागि एमालेले सबैभन्दा धेरै काम गरेको दाबीसमेत गरे।