काठमाडौँ। काठमाडौँ महानगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप बालिका तथा किशोरीलाई लगाउन सुरु गरिएको छ।
आइतबारदेखि औपचारिक रूपमा अभियान सुरु भएको भए पनि आजबाट काठमाडौँ महानगरमा लगाउन सुरु गरिएको हो। अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरूलाई खोप लगाइँदै छ। कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप लगाइरहेका छन्।
सरकारले गत वर्ष २२ माघदेखि ६ फागुनसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाएको थियो।
गत वर्ष छुटेका ११ देखि १४ वर्षसम्मका बालिकालाई यसपटक खोप लगाइँदै छ। यस वर्ष करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने सरकारको लक्ष्य छ। हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
