काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

झापा।  झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति विद्युत चुहावट (करेन्ट) लागेर एक मजदुरको मृत्यु भएको छ।

यहाँस्थित ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।

उद्योगको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टी हान्दा ‘करेन्ट सर्ट’ भएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता खड्काले बताए।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।